राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २६ २०८३
684
SHARES

२६ श्रावण काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्। गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवा समूहले २९ गते काठमाडौंमा भेला राखेको छ। राष्ट्रिय भेलामा नेता कोइराला पनि सहभागी हुने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए। देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित कुनै बैठकमा पनि सहभागी नभएका कोइराला भेलामा भने सम्बोधन गर्न जान लागेका हुन्।

पार्टीभित्रको आन्तरिक विवादमा नेता कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका छन्। देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा भेला आयोजना गरेको छ।भेलालाई पूर्वसभापति देउवाले पनि सम्बोधन गर्ने तय भएको छ। आधिकारिकता विवादमा सर्वोच्चबाट निस्सा पाएपछि यो समूह हौसिएको छ। फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी विभाजनको सम्भावना तत्काललाई टरेको छ।