सम्पादक श्रेष्ठको पक्राउ प्रति गम्भीर आपत्ति प्रकट गर्दछौ – प्रमुख प्रचार बिभाग ‎रजमान तामाङ


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २८ २०८३
646
SHARES

२८ साउन काठमाडौं । वरिष्ठ पत्रकार जन आस्था साप्ताहिक सम्पादक  किशोर श्रेष्ठको पक्राउ र उहाँको निबास तथा पत्रिकाको कार्यलयमा गरिएको खानतलासीको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले  गम्भीर आपत्ति प्रकट गर्दछ। पार्टीका ‎ ‎प्रचार बिभाग प्रमुख रजमान तामाङले एक विज्ञप्ति जारी गर्दै आपत्ति प्रकटको छ । ‎सत्ता र शक्तिको दुरुपयोगविरुद्ध प्रश्न उठाउनु, सरकारका गलत निर्णयको आलोचना गर्नु र जनताको पक्षमा निर्भीकतापूर्वक कलम चलाउनु पत्रकारको संवैधानिक अधिकार हो। आलोचनात्मक आवाजलाई नियन्त्रण गर्ने, पत्रकारलाई पक्राउ गर्ने वा राज्यशक्तिको भय देखाएर प्रेसलाई मौन बनाउने कुनै पनि प्रयास लोकतान्त्रिक व्यवस्थाको मूल्यमान्यतामाथिको सीधा प्रहार हो।

‎पत्रकार किशोर श्रेष्ठले पत्रकारिताको माध्यमबाट उठाउँदै आएका प्रश्नसँग असहमति छ भने त्यसको जवाफ तथ्य, तर्क र सार्वजनिक बहसबाट दिनुपर्छ। पत्रकारलाई पक्राउ गरेर प्रश्नको आवाज बन्द गर्ने प्रयास कुनै पनि लोकतान्त्रिक सरकारलाई स्वीकार्य हुन सक्दैन।

‎प्रगतिशील लोकतान्त्रिक पार्टी स्पष्ट रूपमा भन्न चाहन्छ—सरकारको आलोचना अपराध होइन, प्रेसलाई नियन्त्रण गर्ने प्रयासचाहिँ लोकतन्त्रका लागि गम्भीर खतरा हो। राज्यसत्ताले आफूविरुद्ध उठेको आवाज सुन्न सक्नुपर्छ। आलोचना सहन नसक्ने सत्ता क्रमशः निरंकुशतातर्फ जाने खतरा रहन्छ।

‎अतः हामी पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न र राज्य आतंक बन्द गरेर  सञ्चारमाध्यमलाई भयमुक्त वातावरणमा काम गर्ने सुनिश्चितता गर्न सरकारसँग जोडदार माग गर्दछौँ। साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न नेपाल पत्रकार महासंघ, सञ्चार क्षेत्र, नागरिक समाज, राजनीतिक दल र लोकतन्त्रप्रति प्रतिबद्ध सम्पूर्ण शक्तिहरूलाई एकजुट भएर आवाज उठाउन अपिल गर्दछौँ।