सुनको मूल्य स्थिर


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २ २०८३
114
SHARES

५ भदौ काठमाडौं । मंगलबार (भदौ २) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ८०० मा किनबेच भइरहेको छ । सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सोही परिणामको चाँदी चार हजार ७७० रुपैयाँमा किनबेच भएको थियो ।