आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस् – वर्षमान पुन


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २ २०८३
323
SHARES

५ भदौ काठमाडौं । नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारका मन्त्रीहरूको गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए। उनले भने, ‘गृहमन्त्रीज्यू आफ्नो निर्वाचन क्षेत्रमा गइराख्नुभएको छ, राम्रो कुरा हो जनप्रतिनिधि गृह जिल्ला जानु, क्षेत्रमा जानु। मतदाताहरूले आफ्नो विगतका प्रतिबद्धताको जवाफ खोज्छन्, तर उहाँले मत फिर्ता लानु भनिराख्नुभएको छ।’

उनले विपद्बारे देशभरि के भइराखेको छ सदनमा आएर गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए। उनले सरकारसँग ग्यास, मल, पासपोर्ट बनाउन लागेको लाइनप्रति पनि ध्यानाकर्षण गराए। उनले भने, ‘नयाँ पार्टीको स्पिरिट थियो, विगत ३५ वर्षमा लाइन नै लाइन भनिन्थ्यो, आज त झन् थप लाइनहरू छन्। ग्यासमा पनि लाइन, खानेपानीमा पनि लाइन, अनि चाहिँ यसमा मलमा पनि लाइन, पासपोर्टमा पनि लाइन कतिवटा लाइन लाग्नुपर्ने हो जनताले? नयाँ भनेको लाइन थप्ने हो?’