देउवालाई भेट्न निवासमै पुगे शेखर


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०८३
1.8K
SHARES

५ भदौ काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।नेता कोइरालाले आज देउवा निवासमा पुगेर भेट गरेका हुन्।दुई नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्नेबारे केन्द्रित भएको नेता कोइरालाका स्वकीय दिनेश थपलियाले बताए।

उनले भने, ‘आज बिहान भेट भएको थियो, भेटमा समसामयिक परिस्थिति र पार्टी एकताको विषयमा केन्द्रित रह्यो।’

देउवा समूहले गगन थापालाई सभापति अस्वीकार गरेर अघि बढेपछि कांग्रेस विभाजनतिर अघि बढेको छ। संस्थापन पक्षले भने असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइसकेको छ।तर, महाधिवेशन रोक्न माग गर्दै आज देउवा समूह सर्वोच्च जाँदै छ। पार्टी विभाजनतिर पुगेपछि नेता कोइरालाले नेताहरूसँग संवाद थालेका हुन्।