सुनको मूल्यमा प्रतितोला ३२ सयको बढोत्तरी


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ८ २०८३
1.6K
SHARES

८ भदौ काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । असअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख १९ हजार ५०० मा किनबेच भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदी चार हजार ९६५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भएको थियो ।