घट्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०८३
1.6K
SHARES

९ भदौ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ।

यससँगै आज सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो।