उद्धार र राहतमा कुनै स्रोतसाधनको कमी हुँदैन – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०८३
1.3K
SHARES

११ भदौ काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्धारका लागि स्रोतसाधनको कुनै अभाव हुन नदिने बताएका छन्।प्रभावित क्षेत्रको निरीक्षण गर्न नुवाकोट पुगेका प्रधानमन्त्रीले विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा उच्चस्तरीय बैठक राखेर आवश्यक निर्देशन दिएका हुन्।

बैठकपछि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘सरकारले कुनै पनि स्रोतको कमी गर्दैन, जनताहरूको साथमा सरकार छ। कुनै कुराको अभाव महसुस गर्नु पर्दैन।’

सरकारले बाढी प्रताडित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेकाले काम गर्न गाह्रो नभएको बताए।मन्त्री तिमिल्सिनाले भने, ‘प्रधानमन्त्री गर्नुपर्ने काम के–के छ भनेर फिल्डमा आएर हेरेर अध्ययन गर्न आउनुभएको हो। सरकारले कुनै कसर बाँकी नराखी सबभन्दा पहिला सुरक्षित रूपमा बाँच्न पाउने जनताको अधिकारलाई सम्मान गरेर छिटोभन्दा छिटो उद्धार गर्नमा केन्द्रित छ।’

बैठकलाई प्रधानमन्त्रीले छलफल गरेर आवश्यक निर्देशन दिएको उनले बताए।उक्त उच्चस्तरीय बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, प्रधानसेनापति अशोक सिग्देल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो।