सी जिनपिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए समवेदना सन्देश
१२ भदौ काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा हालै गएको विनाशकारी पहिरोप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्।नेपालस्थित चिनियाँ दूतावासका अनुसार समकक्षी सीले शुक्रबार राष्ट्रपति पौडेललाई सन्देश पठाएका हुन्।
यसैबीच सीले आजै चिनियाँ कम्युनिस्ट पार्टीको आकस्मिक बैठक पनि डाकेका थिए। उक्त बैठकमा उनले उद्धार प्रयासका क्रममा पहिरोका कारण नयाँ बनेको अवरोध ताल (ब्यारियर लेक)मा विशेष ध्यान दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।बुधबार नेपाल–तीब्बतको सीमानामा गएको आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति पुगेको छ।