प्रधानमन्त्री राहत कोषमा सात अर्ब ८८ लाख जम्मा


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १७ २०८३
1K
SHARES

१७ भदौ काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले बाढीपीडितको लागि प्रधानमन्त्री दैवी उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यसको अलवा राहत कोषमा ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको जानकारी दिए ।

“हिजो मात्र उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रुपैयाँ निकासा गरिएको छ ।  त्यसमध्येबाट ६ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका गरी १५ वटा पालिकामा निकासा भइसकेको छ,” प्रधानमन्त्री शाहले भने ।प्रधानमन्त्री दैवी उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितको लागि आर्थिक सहयोज जुटाइरहेको उनले बताए ।