Logo २०८३ असोज १७ शनिबार

बाढीपीडितका लागि सानिमा रिलायन्स लाइफको ७२ लाख सहयोग घोषणा


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १७ २०८३
931
SHARES

१७ भदौ काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले रसुवासहित देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ७२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो।

यस्तै, कम्पनीका सञ्चालक समिति तथा कर्मचारीबाट थप २१ लाख रुपैयाँ सहयोग गरिने भएको छ। यससँगै कम्पनी, सञ्चालक समिति र कर्मचारीको तर्फबाट बाढी प्रभावितका लागि कुल ७२ लाख रुपैयाँ सहयोग उपलब्ध गराइनेछ। कम्पनीले बाढीका कारण देशका विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। साथै, विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

सानिमा रिलायन्स लाइफले बाढी तथा प्राकृतिक विपद्का कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यले अघि बढाएका प्रयासमा आफ्नो तर्फबाट सहयोग र सहकार्यलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

प्रकाशक /सम्पादक :
मीन बहादुर चलाउने

प्रबन्धक:
सुमन अधिकारी

सम्पर्क

Misu Media P. LTD.
सुचना विभाग दर्ता न: १८१८/०७६-७७

Address : bagabazar, ktm 
Email: capitalheadline @gmail.com

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to Capital Headline | Site by : SobizTrend Technology