सिंहदरबारमा विपक्षी दलको बैठक


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०८३
665
SHARES

२५ भाद्र काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक बसेको छ ।  सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो । बैठकमा प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका नेताहरू सहभागी छन् ।

बिहीबार (भदौ २५) दिउँसो १ बजे संसद् बैठक बस्दै छ । त्यसअघि प्रतिपक्षी छलफलमा जुटेका हुन् ।बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आड्देम्बे र प्रमुख सचेतक वासना थापा छन् । एमाले संसदीय दलका उपनेता पद्मा अर्याल, सचेतक निशा घतानी छन् ।

नेकपाबाट उपनेता प्रमेशकुमार हमाल र प्रमुख सचेतक युवराज दुलाल छन् । श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई र राप्रपाबाट सरस्वती लामा बैठकमा छन् ।