दीपक साह बन्ने भए उद्योगमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०८३
513
SHARES

२५ भाद्र काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् । बिहीबार (भदौ २५) गौरीकुमारी यादवले राजीनामा दिएसँगै उक्त पद रिक्त छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायालयले उद्योगमन्त्रीमा नियुक्तिका निम्ति साहको नाम सिफारिस गरेको हो । मन्त्रीमा उनलाई नियुक्ति गर्न सिफारिस भइसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बुधबार (भदौ २४) बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यादवले ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योग–व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाले आपत्ति जनाएका थिए ।