बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०८३
133
SHARES

३१ भाद्र काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।बजारमा पर्याप्त तरलता र वित्तीय प्रणालीमा कर्जाको माग सुस्त रहेका कारण अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाउने वा स्थिर राख्ने नीति अपनाएका छन् ।नबिल र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर दिइरहेका छन् । भने, एनएमबी, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

नेपाल बैंकले ४.१५ प्रतिशत, एभरेस्ट बैंकले ४.०५ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एसिया बैंकले ४ प्रतिशत ब्याजदर तोकेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत र कुमारी बैंकले ३.४६ प्रतिशतसम्म ब्याजदर तोकेका हुन् ।

बचत खातामा भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एभरेस्ट बैंकले ३.७५ प्रतिशतसम्म ब्याजदर दिएका छन् । कुमारी बैंकले ३.३१ प्रतिशत र एनआईसी एसिया बैंकले ३.२५ प्रतिशत ब्याज दिइरहेका छन् ।

प्रभु बैंक र नेपाल बैंकले ३.०० प्रतिशत ब्याज दिँदा नबिल, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले २.८० प्रतिशत तथा एनएमबी, ग्लोबल आईएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.७५ प्रतिशत ब्याज तोकेका छन् ।