ग्यास आजदेखि पुरानै मूल्यमा पाइने


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज १ २०८३
684
SHARES

१ असोज काठमाडौ । काठमाडौं उपत्यकामा आजदेखि खाना पकाउने ग्यास पुरानै मूल्यमा बिक्रीवितरण हुने भएको छ ।गत १४ भदौमा कृष्णभिरमा पहिरो गएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी भएको थियो । वैकल्पिक मार्गबाट ढुवानी भएको ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसामा बढाइएको थियो ।

तर, आजदेखि कृष्णभिरमा नयाँ  ट्र्या खोली राजमार्ग सञ्चालमा ल्याइएकोले ग्यास पुरानै मूल्यमा पाइने भएको हो । बुधबार नै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बिहीबार (आज) देखि ग्यास पुरानै मूल्यमा बेच्ने बताएका थिए ।अब ग्यासको मूल्य २ हजार ६० रुपैयाँ नै कायम हुनेछ ।