एमाले सचिवालय बैठक सुरु


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ४ २०८३
380
SHARES

४ आश्विन काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक ढिला गरी सुरु भएको हो । सचिवालय बैठक अघि पुनर्गठन कार्यदलको बैठक बसेको थियो । बैठकले पुनर्गठन बारेको प्रतिवेदन तयार पारेको छ ।

कार्यदलका संयोजक रामबहादुर थापा बादल र सदस्य सचिव शंकर पोखरेलको छुट्टाछुट्टै प्रतिवेदन एकीकृत पार्नमा विवाद भएको थियो । अन्नतः कार्यदलको सदस्य नै नरहेका नेता प्रदीप ज्ञवालीले लेखेको प्रतिवेदनमा केही थप गरी कार्यदलले पारित गरेको छ ।

प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने, विशेष महाधिवेशन आह्वान गर्ने जस्ता कुरा नरहने पार्टी सचिव महेश बस्नेतको दाबी छ । एमालेको केन्द्रीय कमिटी बैठक सोमबारबाट सुरु हुँदै छ । आजको सचिवालय बैठकले केन्द्रीय कमिटीको एजेन्डा तय गर्नेछ ।