आज पनि घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०८३
475
SHARES

९ असोज काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला सुन २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला सुन २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ६२० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा किनबेच भएको थियो।