गृहमन्त्री गुरुङ भारत प्रस्थान


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २६ २०८३
171
SHARES

२६ असोज काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिम्स्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन साेमबार भारत प्रस्थान गरेका हुन् ।

बिमस्टेकको गृहमन्त्री स्तरीय बैठक असोज २७ गते नयाँ दिल्लीमा हुँदै छ । बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरू नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्डका गृहमन्त्रीहरू सहभागी हुनेछन् । बैठकको मुख्य एजेन्डा आतंकवाद तथा अन्तरदेशीय अपराध नियन्त्रण रहेको छ ।