लागुऔषधसहित ६ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २८ २०८३
247
SHARES

२८ आश्विन काठमाडौं । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, काठमाडौंको तारकेश्वर नगरपालिका–४ बाट एक, बर्दियाको गुलरिया नगरपालिका–१ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट एक र कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्कबाट दुईजना पक्राउ परेका हुन् ।प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन बरामद गरेको छ ।