लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २८ २०८३
209
SHARES

२८ आश्विन काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमेद भट्टराई नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। भट्टराईको नियुक्ति आउँदो कात्तिक १५ गतेदेखि लागू हुने बैंकले जनाएको छ।