सुनको भाउमा लगातार गिरावट


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २८ २०८३
361
SHARES

२८ आश्विन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २७ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुन तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ सय रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३५५ रुपैयाँमै कारोबार भएको थियो।