आज बढ्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८३
114
SHARES

९ कार्तिक काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ। यससँगै आज प्रतितोला सुन २ लाख ८१ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो कातिक ८ गते सुन तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।