बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १७ २०८३
266
SHARES

१६ कार्तिक काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७२ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ६५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।