आजदेखि सरकारी कार्यालयको समय १ घण्टा कम


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १७ २०८३
361
SHARES

१६ कार्तिक काठमाडौं । आज (कात्तिक १६ गते)देखि तीन महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएको छ। सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।

आजसम्म सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको छ। हिउँदमा ५ बज्दा झमक्कै साँझ पर्ने भएकाले कार्यालय समय एक घन्टा कम गर्न लागिएको हो।  नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय साताको ५ दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने छ।

गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण दुई दिन बिदा दिने निर्णय गरिएको भए पनि सरकारले त्यसलाई निरन्तरता दिँदै आएको छ।