निराश हुनुपर्ने कारण छैन – प्रचण्ड
१८ साउन काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनबारे विगतको सामूहिक टोलीले अनुसन्धान गर्नुपर्ने बताएका छन्।२४ औँ बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विगतको समीक्षा गरेर कम्युनिस्ट आन्दोलन अगाडि बढाउनुपर्ने बताए।
उनले भने, ‘झण्डै दुई तिहाइको भनिएको सरकारका काम, कारबाही र क्रियाकलापले जनतामा सन्त्रास पैदा गरेको छ। मैले बुझ्दा हामी आधारभूत रूपमा एकै ठाउँमा छौँ। हामीले विगतको समीक्षा गर्ने, गम्भीर रूपले विमर्श गर्ने, त्यसको आत्मसमीक्षा गर्ने र अगाडिको लागि फेरि कार्यदिशा बनाऔँ, कार्यक्रम, नीति निर्धारण गर्ने मुख्य आवश्यकता हो।’
उनले अब पुरानै तरिकाले नहुने भएकाले नयाँ तरिकाले जानुपर्ने बताए।उनले थपे, ‘सिपीजी, शंकरजी र माधव नेपालजी सम्म आउँदा मूलभूत रूपमा तिनै कुराको वरिपरि नै विचारहरू व्यक्त भए।हामीले इतिहासको समीक्षा गर्नुपर्दछ, हाम्रा गल्ती कहाँ भए भन्ने कुराको विमर्श गर्नुपर्दछ र अगाडि जाने सङ्कल्प गर्नुपर्दछ। निराश हुनुपर्ने कारण छैन।’इतिहासका अनुभवहरूबाट शिक्षा लिएर अगाडि जाने सङ्कल्प र दृढता गर्नुपर्ने बताए।