एमाले, नेकपा र मसालबीच दुईबुँदे सहमति


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २७ २०८३
494
SHARES

२७ साउन काठमाडौं । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (मसाल) बीच दुईबुँदे सहमति भएको छ ।बुधबार तीन दलबीच दुईबुँदे सहमति भएको हो । उनीहरूबीच लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशको विकास निर्माणका कार्यमा सहकार्य गर्ने सहमति भएको छ ।त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने सहमति पनि भएको छ ।

सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र मसालका महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन् ।