प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता
२९ श्रावण काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र नेता पुनबीच भेटवार्ता भएको हो। उनीहरूबीच आधा घण्टा छलफल भएको जनाइएको छ।
भेटवार्ताका क्रममा नेता पुनले रोल्पाका गएको पहिरो र क्षतिका विषयमा जानकारी गराएका थिए। उनले पहिरो पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री शाहसँग आग्रह गरेको नेता पुनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले पहिरो पीडितको उद्धार र राहतमा सहयोग गर्ने बताए। उनले पीडित परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यससँगै उनीहरूबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जनाइएको छ।