आज पनि बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र १ २०८३
209
SHARES
१ भाद्र काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा १हजार ६ सय रुपैयाँले बढेको हो। यससँगै आज सुन प्रतितोला सुन ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ७७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट