३५० रूपैयाँको सामान किन्दा १० लाख रूपैयाँ उपहार


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र १ २०८३
190
SHARES

१ भाद्र काठमाडौं । दोस्रो १५ दिनमा ३५० रूपैयाँको सामान किन्ने उपभोक्ताले १० लाख रूपैयाँको बम्पर उपहार जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रूपैयाँको सामान किन्ने उपभोक्ता यस पटकको बम्पर उपहारका विजेता बनेका हुन्। प्राइज पोर्टलमा पछिल्लो १६ दिनमा नगद कारोबारका ३ लाख ५७ हजार १४९ वटा बिल दर्ता भएका छन्।

साउनको पहिलो १५ दिनमा यस्तो बिल ७ हजार ७७ वटा मात्रै दर्ता भएको थियो। क्युआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी हुने कारोबार पनि बढेको छ। यस्तो कारोबार २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। विभागका अनुसार पछिल्लो १७ दिनमा उपहार योजनामा कुल ३ करोड २४ लाख ४३ हजार २२९ कारोबार सहभागी भएका छन्। यिनै कारोबारबाट आज १७ जना विजेता छनोट भएका छन्।

साउन १६ देखि ३१ गतेसम्मका १७ दिनका एक-एक जनाले १ लाख ३३ हजार ३३४ रूपैयाँका दरले पुरस्कार पाएका छन्। कर कटाएपछि उनीहरूले १ लाख रूपैयाँ पाउनेछन्। बम्पर उपहारका विजेताले १० लाख रूपैयाँ पाएका छन्। पुरस्कारमा २५ प्रतिशत कर लाग्नेछ। आज गत साउनको पहिलो पाक्षिकका विजेतालाई पनि नगद पुरस्कार प्रदान गरिएको छ।