घट्न थाल्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०८३
912
SHARES

१२ भदौ काठमाडौ । आज पनि सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक हजार दुई रुपैयाँ घटेको सुनको भाउ आज २ हजार ४ सय घटेर तोलाको ३ लाख १८ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलाको ३ लाख २० हजार ९ सय रुपैयाँ थियो। चाँदीको मूल्य भने आज स्थिर छ। चाँदीको मूल्य तोलाको चार हजार ९६५ रुपैयाँमै स्थिर रहेको हो।
त्यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको थियो।

गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।