बाढीबाट पीडितलाई नेकपाको २५ लाख रुपैयाँ सहयोग


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १४ २०८३
1.6K
SHARES

१४ भदौ काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले रसुवा बाढीबाट पीडितहरूको सहयोगमा प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ।

पार्टीले आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको जनाएको छ।पार्टीका कार्यालय मुख्य सचिव गणेशमान पुनका अनुसार विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगद तथा आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरिएको हो ।