शेखर भेट्दै गगन
२१ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालासँग आइतबार (भदौ २१) भेटवार्ता गर्ने भएका छन् । उनीहरूबीच यस दिन दिउँसो भेटवार्ता गर्ने तयारी रहेको कोइरालाका सचिवालय सदस्य दिनेशचन्द्र थपलियाले जानकारी दिए । भेटको समय र स्थान भने टुंगो लागिसकेको छैन । “दिउँसो भेट्ने भन्ने कुरा छ, तर कहाँ र कति बजे भनेर फिक्स भइसकेको छैन,” थपलियाले भने ।
थापाले शनिबार (भदौ २०) कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग ‘वान–टु–वान’ भेटवार्ता गरेका थिए । उक्त भेटमा खड्काले पार्टीभित्रको विवाद समाधानका निम्ति राखेका मागप्रति थापाले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।
कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका निम्ति पछिल्लो समय खड्का र कोइराला सक्रिय छन् । यहीक्रममा थापाले दुवै नेतासँग छुट्टाछुट्टै संवाद अघि बढाएका हुन् ।