सुन चाँदीको भाउमा भारी वृद्धि
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र २५ २०८३
494
SHARES
२५ भाद्र काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ८५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट