संसदीय दलको नेता गुप्तवासवाला बैठकमा हुनुहुन्छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०८३
741
SHARES

२८ भदौ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा रहेको बताएका छन् ।

छापा माध्यम बचाउ सुझाव कार्यदलको ध्यानाकर्षण पत्र बुझ्दै उनले बैठकका कारण कार्यक्रममा उपस्थित हुन नसकेको बताए । “दलको नेताको एउटा गुप्तवासवाला बैठकमा हुनुहुन्छ । दलको नेता, उपनेता त्यहाँ हुनुहुन्छ । त्यसकारण उहाँहरू उपस्थित हुन नसक्नुभएको हो,” उनले भने ।

ओलीले अबका प्रतिगामी कदम धेरै समय टिक्न नसक्ने बताए । “अबका प्रतिगामी कदम, संकिर्णतावादी कदमहरू, स्वतन्त्रताविरोधी कदमहरूलामो समयका लागि हुनै सक्दैन,” ओलीले भने ।  उनले सदनमा छापा माध्यम बचाउने पक्षमा आवाज उठ्ने प्रतिबद्धता जनाए । ओलीले सरकारको शैली ‘छापा मार’ रहेको टिप्पणी गरे ।