आज बढ्यो सुन चाँदीको मूल्य
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज ४ २०८३
342
SHARES
४ आश्विन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४७ सय ९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ७७५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट