बाढीपीडित अटोमोबाइल व्यवसायीलाई राहत र ऋण सहजीकरणका लागि नाडाको पहल


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ६ २०८३
589
SHARES

६ असोज काठमाडौँ । भोटेकोशीमा आएको बाढी तथा देशका विभिन्न क्षेत्रमा भएको डुबानबाट अटोमोबाइल क्षेत्रमा ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण र समन्वय गर्ने भएको छ।

बाढी तथा डुबानका कारण भन्सार नाकालगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको जानकारी आएको नाडाले जनाएको छ।

नाडाले प्रभावित सदस्य कम्पनीहरूलाई क्षतिको यथार्थ तथा प्रमाणित विवरण यथाशीघ्र सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ। क्षतिको विवरणमा बाढीबाट क्षतिग्रस्त तथा हराएका सवारीसाधन, सवारीसाधन रहेको स्थान, सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार, गोदाम र कार्यालयमा भएको क्षतिलगायतका विवरण समावेश गर्न भनिएको छ।