एमाले केन्द्रीय कमिटी बैठक सुरु


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ७ २०८३
722
SHARES

७ असोज काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार ललितपुरको एक पार्टी प्यालेसमा जारी बैठकमा धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । हिजो ११८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । १६ जना केन्द्रीय सदस्यहरु अनुपस्थित रहेका छन् ।

आचार्यका अनुसार केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ । सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक सम्पन्न हुने आचार्यले बताए । एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा असोज ५ गतेदेखि सुरु भएको थियो । पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ७ गते बैठक सम्पन्न गर्ने भनिएको थियो ।

‘सबै केन्द्रीय सदस्यहरुले बोलिसकेपछि मात्र सचिवालय बैठक बस्नेछ । त्यसैले सचिवालय बैठक आज पनि हुनसक्छ, भोलिलाई पनि सर्न सक्छ,’ आचार्यले भने, ‘यदि भोलि सचिवालय बैठक भयो भने केन्द्रीय कमिटी बैठक एक दिन लम्बिने छ ।