आज बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ७ २०८३
665
SHARES

७ असोज  काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो।योसँगै प्रतितोला सुन ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४७ सय ७५ रुपैयाँमा किनबेच भएको थियो।