एमाले नेता नेकपा प्रवेश


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०८३
608
SHARES

९ असोज काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका २ का नेता तथा नेकपा एमालेका प्रदेश सदस्य एम.डी. महताब आलम नेकपाका प्रवेश गरेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आलमलाई आज पार्टीमा भित्र्याएका हुन्। संयोजक प्रचण्डले खादा र माला लगाएर पार्टीमा स्वागत गरे।

आगामी स्थानीय तहको निर्वाचनमा सम्सी गाउँपालिकाबाट नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका लागि सम्भावित उम्मेदवारको रूपमा हेरिएका आलमको पार्टी परिवर्तनलाई महोत्तरीमा नेकपाको प्रभाव बढ्ने विश्वास नेताहरूले गरेका छन्।

नवप्रवेशी नेता आलमले जनताको अधिकार, सुशासन र समृद्धिको आन्दोलनलाई अगाडि बढाउन क्रान्तिकारी धारमा फर्किएको प्रतिक्रिया दिए।