एमालेका मनोनीत केन्द्रीय सदस्यहरुको आज शपथ हुँदै


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २६ २०८३
266
SHARES

२६ असोज काठमाडौँ । नेकपा एमालेले केन्द्रीय समितिमा मनोनयन गरेका १३ केन्द्रीय सदस्यहरुलाई आज शपथ ग्रहण गराउने भएको छ ।प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा शपथ ग्रहण आयोजना गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउनेछन् ।

हालै बसेको स्थायी कमिटी बैठकले विभिन्न जिल्लाका १३ नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको थियो ।

सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिरहा), तेजमान कन्दङवा (तेह्रथुम), टङ्क आङ्बोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डबल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) केन्द्रीय सदस्य मनोनीत भएका थिए ।