आज घट्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २६ २०८३
247
SHARES

२६ असोज काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २१ सय रुपैयाँले घटेको हो ।यससँगै आज सुन तोलामा २ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४४० रुपैयाँमै कारोबार भएको थियो।