एमालेको कार्यकर्ता भेला मंसिर २ र ३ गते


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २६ २०८३
133
SHARES

२६ असोज काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला आउँदो मंसिर २ र ३ गते काठमाडौंमा हुने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कमिटीमा मनोनीत भएकाहरूको शपथ कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

संगठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यकर्ता भेलाको मितिबारे जानकारी गराएका हुन् । केही दिनअघि बसेको स्थायी कमिटी बैठकले मंसिरको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला हुने जानकारी गराएका थिए ।