२०औं वार्षिकोत्सवको अवसरमा कामना सेवा विकास बैंकको रक्तदान कार्यक्रम सम्पन्न


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८३
266
SHARES

१८ कार्तिक काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यलय सहित देशभरका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रम मार्फत कुल ४०४ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । यसै अवसरमा बैंकका प्रमुख व्यवसाय अधिकृत दिपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगत सहित ६१औँ पटक रक्तदान गरेका छन् । बैंकको केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल तथा रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको कावासोती शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल ब्लड बैंकमा र पश्चिम क्षेत्रको घोराही तथा मेहन्द्रनगर शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रिय प्रमुख, स्थानिय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटलस कप (छैठौं संस्करण) पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुष तर्फ कुमारी बैंक र महिला तर्फ लुम्बिनी विकास बैंक विजयी भएको थियो ।`