१५अौं वार्षिकोत्सवको अवसरमा एनआरएनए जापानले बनभोज कार्यक्रम गर्दै


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ६ २०७५
14.1K
SHARES

गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा फेब्रुअरी ११ तारिख बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रमका लागि महिला उपाध्यक्ष अनिता गुरुङ ,कोषाध्यक्ष कालिका थापा र महिला संयोजक सबिता श्रेष्ठलाई कार्यक्रम संयोजनको जिम्मा दिइएको छ।

कार्यक्रममा सहभागिताका लागि अपिल गर्दै अा-आफ्नो क्षेत्रमा क्षेत्रीय समितिहरुले १५अौ वार्षिकोत्सव मनाउन अनुरोध पनि गरेको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

बनभोज कार्यक्रम योकोहामा सि तोचुका कु सिमोकुरातामाचि मा आयोजना गरिने भएको छ ।कार्यक्रममा महिलाहरुको लागि प्रवेश शुल्क २५०० येन र पुरुषहरुको लागि प्रवेश शुल्क ३,००० येन निर्धारण गरिएको छ ।

बनभोज कार्यक्रमबाट बचत रकम अन्तराष्ट्रिय महिला फुटवल र एनआरएनए जापानको राहतकोषमा जम्मा गरिने एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले जानकारी दिनुभयो ।