आज राष्ट्रिय शोक मनाइने
१६फाल्गुन काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीसहित सातजनाको मृत्यु हुने गरी भएको ताप्लेजुङको फुङलिङ हेलिकोप्टर दुर्घटनापछि सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।
बिहीबार राष्ट्रिय शोक मनाउने र मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।सरकारले राष्ट्रिय शोकका दिन सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नियोगहरुमा बिदा दिने निर्णय गरेको छ । त्यसैगरी दुर्घटनाका बारेमा छानबिन गर्न ४ सदस्यीय आयोग गठन गरेको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा बनेको समितिमा नेपाली सेनाको दिपक बास्तोला, क्याप्टेन प्रमोद लामा र सदस्य सचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
ad ad ad