रहेनन गोरखाका वामपन्थी नेता अधिकारी


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २२ २०७६
6K
SHARES

२२ असार काठमाडौँ । थप उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भयको छ ।

गएको पुस २७ गते चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना भएका उनलाई वैशाख २२ गते थप उपचारका लागि
ललितपुरको हरिसिद्धी ल्याईएको थियो ।माओवादी नेताहरुका अनुसार उनलाई सघन उपचार कक्षमा राखिएको थियो ।

फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघात हुनाका साथै अधिकारीको अवस्था निकै जटिल भएपछि आज आज निधन भयको हो ।शनिबार साँझ अधिकारीलाई सोही पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गरेका थिए ।

विसंं २०११ मा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मनुभएका अधिकारी विसंं २०३२देखि कम्युनिष्ट आन्दोलनमा लागेका हुन् ।माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासन पनि दिएका थिए ।अधिकारीका छोरा नारायण उक्त पार्टीको गोर्खा जिल्ला इञ्चार्ज छन् भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य छिन् ।