प्रर्थम प्रकाश स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसलाई


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज ४ २०७६
7.1K
SHARES

४ अशोज काठमाडौँ । सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ ।शनिबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । योसँगै नेपाल पुलिस क्लबले रु पाँच लाख हात पारेको छ । उप विजेता आर्मीले ३ लाखमा चित्त बुझाउनु परेको छ ।

आर्मीले पहिलो र दोस्रो दुवै सेट समान २५-२२ ले गुमाएको थियो । तेस्रोमा पनि पुलिसले २५-२२ ले जित्दै उपाधि जितेको हो । मुख्य स्पाइकर मानबहादुर श्रेष्ठ विना फाइनल खेलेको आर्मी केहि कमजोर देखिएको थियो । मानबहादुर फाइनल दौराननै चोटका कारण बाहिरिएका थिए ।आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले एपीएफलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो । सोमबार तेस्रो सेट चलिरहँदा स्थगित भएको फाइनल मंगलबार शुरु नै नभई स्थगित हुन पुगेको थियो ।

त्यसअघि गण्डकी प्रदेशले नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो । गण्डकीले १ लाख रुपैयाँ तथा एपीएफले ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रगतिशिल युवा नेपाल गोरखा काठमाडौँले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।