महरामाथि लगाइएको आरोप अनुसन्धान नभई निर्वाचन गराउन मिल्दैन: पौडेल


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक ६ २०७६
3.4K
SHARES

६ कार्तिक काठमाडौँ । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोपबारे अनुसन्धान नभई सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका छन् । नेता पौडेलले बलात्कारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएको उल्लेख गर्र्दै त्यसको अनुसन्धान भइरहेकै बेला सभामुख पदको निर्वाचन गराउन नमिल्ने बताएका हुन् ।

उनले मंगलबार काठमाडौंमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै सभामुखको निर्वाचन विधिसम्मत ढंगले गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए । संविधानले फरक दलको सभामुख र उपसभामुख हुने व्यवस्था गरेकाले आफ्नो पार्टी सोही अनुसार अघि बढन तयार रहेको नेता पौडेलको भनाई छ ।नेता पौडेलले जनमतबाट निर्वाचित सरकारलाई दुई तिहाईको दम्भ देखायो भनेर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनमतकै अपमान गरिरहेको आरोप पनि लगाए ।