घट्दै विद्युतको माग


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २७ २०७६
2.8K
SHARES

२७ कार्तिक काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २१ हजार २८४ मेगावाट पावर अर्थात ११६९ मेगावाट मात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत् माग २२२५ मेगावाट हुनुपर्ने हो ।

एकाध वर्षमा पुसको दोस्रो÷तोस्रो साता विद्युत् माग वर्षभरिकै उच्च माग पुगे पनि आधिकांश वर्ष लक्ष्मीपूजाको दिन सबैभन्दा बढी हुन्छ । तर, यसै वर्षको लक्ष्मीपूजाको माग १०८९ मेगावाटमात्र थियो । ‘विद्युत् प्राधिकरणको प्रक्षेपणअनुसार त २२२५ मेगावाट हुनुपर्ने हो तर अहिले माग ११७० मेगावाटको हाराहारीमा छ,’ विधुत् प्राधिकरणका प्रवक्ता भन्छन्, ‘प्राधिकरणको प्रक्षेपणभन्दा विद्युत्को माग घट्दो छ । कारोबार दैनिकबाट ।