सेञ्चुरीका खड्का अब एनआईसी एशिया बैंकमा सहायक महाप्रवन्धक
२९ पुष काठमाडौं । सेञ्चुरी बैंकमा चिफ म्यानेजर पदमा कार्यरत रन्जन खड्का अब एनआईसी एशिया बैंकमा सहायक महाप्रवन्धक भएर जाने भएका छन। एभरेष्ट बैंकबाट बैंकिंग करियर सुरु गर्दै लामो समय सोहि बैंकमा काम गरेका खड्का २ वर्ष अगाडि सेञ्चुरी बैंक आएका थिए । । ‘थप जिम्मेवारी सहित एनआईसी एशिया बैंक जान लागेको छु,’खड्काले सुनाए ।
एमपीए सम्मको अध्ययन गरेका खड्का पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत हुन् उनले यसै बर्ष सम्माननीय राष्ट्रपतिबाट उत्कृष्ट बैंकर पदक पनि पाएका थिए। खड्का बैंकको ब्रान्डिङ र मार्केटिङमा दक्ष छन् ।दुईवटा वाणिज्य बैंकमा काम गरिसकेका खड्का नेपालकै ठूलो शाखा सञ्जाल र ग्राहक भएको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धकका रुपमा माघ १ गतेबाट हाजिर हुने भएका छन् ।
नेपालको पूरानो बैंक एभरेष्ट बैंक लिमिटेडबाट २१ वर्ष अगाडी सहायक पदबाट बैकिङ्ग करियर शुरु गरेका खड्कासंग बलियो जनसम्पर्क छ । उनी बैकिङ्ग क्षेत्रमा राम्रो छवि बनाएका केही बैकरहरु भित्र पर्दछन् ।